०९ असार २०८३, मंगलबार

बाजुरामा भएको विमान दुर्घटनामा पाइलटको मृत्यु, अरु दुई गम्भीर घाइते

कात्तिक २०, २०७४
बाजुरामा भएको विमान दुर्घटनामा पाइलटको मृत्यु, अरु दुई गम्भीर घाइते
काठमाडौं, १६ जेठ – बाजुराको कोल्टी विमानस्थल नजिकै भएको नेपाली सेनाको स्काई ट्रक विमान दुर्घटनामा पाइलटको ज्यान गएको छ । पाइलट कैलाश गुरुङको दुर्घटनामा परेर मृत्यु भएको हो ।

केहीबेर अघि भएको दुर्घटनामा परेर थप दुई जना घाइते भएका छन् । विमानमा रहेका सेनाका सुवेदार पूर्णबहादुर खड्का र अर्की एक महिला कर्मचारी घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सुर्खेतबाट कालिकोटका लागि उडेको उक्त विमान मौसमका कारणले कालिकोटमा अवतरण गर्न नसकेपछि बाजुरातर्फ लागेको थियो ।

नेपाली सेनाका प्रवक्ता झंकबहादुर कडायतले खाद्य संस्थानको सामान बोकेर
कालिकोट तर्फ गएको विमान कालिकोटमा अवतरण गर्न नसकेपछि बाजुरामा आएर दुर्घटनामा परेको बताए ।

याे पनि,

सेनाको कार्गो विमान बाजुरामा क्र्यासल्याण्ड, दुई पाइलट घाइते

salt training

कमेन्ट गर्नुहोस्