१३ असार २०८३, शनिबार

एमाले वागमती प्रदेशको मुख्य सचेतकमा निरौला

बैशाख २३, २०७८
एमाले वागमती प्रदेशको मुख्य सचेतकमा निरौला

नेकपा एमाले वागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनीत भएका छन् ।

तत्कालीन मुख्य सचेतक केशव पाण्डे प्रदेशको आन्तरिक तथा कानून मन्त्री भएपछि रिक्त रहेको सो पदमा निरौलालाई मनोनीत गरिएको हो ।

दलका नेता एवम् वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दलको विधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेका हुन् ।

निरौलालाई गत १७ गते मुख्य सचेतकमा नियुक्त गरी आज वागमती प्रदेशसभा सचिवालयलाई जानकारी समेत गराइएको छ ।​


salt training

कमेन्ट गर्नुहोस्