
भारतको पश्चिम बंगालमा विधानसभा निर्वाचन परिणाम घोषणा भएपछि हिंसा मच्चिरहेको छ ।
केन्द्र सरकारका मन्त्री भी मुरलीधरणको गाडीमा बिहीवार पश्चिमी मिदनापुरको पंचखुडीमा भीडले आक्रमण गरेको थियो । मानिसहरूले पत्थर तथा लट्ठीले हिर्काएका थिए । गाडीको शीशा फुटेको छ ।
मुरलीधरणले आफैं घटनाको जानकारी सामाजिक सञ्जालमा दिएका छन् । भिडियो पोस्ट गर्दै उनले तृणमूल कांग्रेसका गुण्डाहरूले आफूमाथि आक्रमण गरेको बताए । गाडीचालकलाई चोट लागेको जानकारी उनले दिए ।
भिडियोमा एक व्यक्ति लट्ठी लिएर मन्त्रीको कारमा आक्रमण गर्न आएको देखिन्छ । मानिसहरूको भीड मन्त्रीको कन्भोयतर्फ बढिरहेको देखिन्छ । गाडीचालकले गाडीलाई ब्याक गर्न थाल्छ ।
आक्रमण भएको स्थानमा तृणमूल कांग्रेसको झण्डा देखिन्छ ।
बंगाल हिंसाको जाँचबुझ गर्न गृह मन्त्रालयले चार सदस्यीय टोली पठाएको छ । यसअघि मन्त्रालयले राज्यपालसँग प्रतिवेदन मागेर हिंसाको जानकारी दिन भनेको थियो ।
भारतीय जनता पार्टीले केन्द्रबाट सुरक्षाबल ल्याएर जनताको सुरक्षा गराइपाऊँ भनी सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
#WATCH Union Minister V Muraleedharan's car attacked by locals in Panchkhudi, West Midnapore#WestBengal
— ANI (@ANI) May 6, 2021
(Video source: V Muraleedharan) pic.twitter.com/oODtHWimAW