०६ असार २०८३, शनिबार

भोलिबाट अनलाइनबाट मात्र श्रम स्वीकृति

बैशाख २३, २०७८
भोलिबाट अनलाइनबाट मात्र श्रम स्वीकृति

वैदेशिक रोजगार विभागले भोलिबाट अर्को सूचना जारी नभएसम्मका लागि अनलाइनबाट मात्र श्रम स्वीकृति दिने निर्णय गरेको छ । 

विभाग माताहतका कार्यालयमा भौतिक रुपमा उपस्थित भएर दिइने सेवाहरु (अन्तिम श्रम स्वीकृति, वैधानीकिकरण तथा नयाँ श्रम स्वीकृति र भौतिक रुपमा उपस्थित भै लिइने पून: श्रम स्वीकृति) स्थगन गर्ने निर्णय गरिएको विभागले जनाएको हो ।

सरकारले दोस्रो चरणको कोभिड-१९ को सँक्रमणको व्यापकताको रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निणय गरिसकेको छ । सरकारले काठमाडौं उपत्यकामा वैशाख २९ गते सम्म लकडाउन गरेका कारण यो समयावधीमा अतिआवश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्देशन दिइसकेको छ । सो समयावधि सम्मका लागि विभाग माताहतका कार्यालयमा भौतिक रुपमा उपस्थित भएर दिइने सेवाहरु स्थगन गर्ने निर्णय गरिएको विभागले उल्लेख गरेको छ ।

 ताहाचल कार्यालयले एक सूचना जारी गर्दै भौतिक रुपमा उपस्थित बाहेक अनलाइन मार्फत पूनः श्रम स्वीकृति लिने र सेवाग्राही उपस्थित हुनु नपर्ने जस्ता कार्यहरु सीमित सेवा प्रवाहका रुपमा निरन्तरता दिने व्यबस्था मिलाएको जनाएको छ ।

अनलाइन सेवावारे थप जानकारीका लागि शाखा अधिकृत सालिकराम फुयाल (९८४१६२७७८३) शाखा अधिकृत श्माधवराव पाण्डे (९८४१३१०३२३) कम्प्युटर ईन्जिनियर अर्जुन यादव (९८४११४९३८०) लाई सम्पर्क गर्न कार्यालयले अनुरोध गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्