०५ असार २०८३, शुक्रबार

अस्पताल भर्ना भएका जटिल प्रकृतिका बिरामीहरूलाई बिना तयारी अन्यन्त्र नसार्न स्वास्थ्य मन्त्रालयको निर्देशन

बैशाख २३, २०७८
अस्पताल भर्ना भएका जटिल प्रकृतिका बिरामीहरूलाई बिना तयारी अन्यन्त्र नसार्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल भर्ना भएका जटिल प्रकृतिका बिरामीहरूलाई बिना तयारी अन्यन्त्र नसार्न आग्रह गरेको छ । 

बिहीवार विज्ञप्ति जारी गर्दै मन्त्रालयले चिकित्सकको सल्लाहमा मात्र औषधिहरू प्रयोग गर्न पनि अनुरोध गरेको छ । 

मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले समेत आधिकारिक र प्रमाणित काम कुरा गर्न गराउनुहुन र अस्पतालले उपचार भइरहेका संक्रमितहरूको अन्य अस्पतालमा पठाउनु पूर्व पठाइने अस्पतालमा उपचार हुने व्यवस्था सुनिश्चित गरेर चिकित्सकसँग समन्वय गरेर मात्र गर्नु गराउनुहुन निर्देशन छ ।'  

salt training

कमेन्ट गर्नुहोस्