
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक जारी छ ।
जारी बैठकमा कोरोना विरुद्धको खोप सम्बन्धमा केही निर्णय हुनसक्ने स्रोतले जनाएको छ ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार दिउँसो राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका थिए । बिहीवार नै बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक बसेको थियो ।