०५ साउन २०८३, मंगलबार

कांग्रेस संसदीय दलको बैठक वैशाख २५ गते

बैशाख २३, २०७८
कांग्रेस संसदीय दलको बैठक वैशाख २५ गते

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैशाख २५ गते पार्टी संसदीय दलको बैठक बोलाएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से कक्षमा अपराह्न २ बजे बस्ने बैठकमा प्रतिनिधि सभाको आगामी बैठकमा पार्टीको तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिए ।

कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको मंगलवार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को आगामी बैठकमा लिइने विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको थियो । सो विषयमा पनि संसदीय दलको बैठकमा छलफल हुने उनले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले वैशाख २७ गते प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्