
काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । पछिल्लो समय काँग्रेस–माओवादीसहितको गठबन्धनसँग नजिक भएका नेपाल देउवा भेट्न बिहीबार साँझ बूढानीलकण्ठ पुगेका हुन् ।
भेटमा समसामयिक राजनीतिका साथै राष्ट्रियसभा उपनिर्वाचनलगायतका विषयमा छलफल भएको बूढानीलकण्ठ स्रोतले जनाएको छ ।