×

NMB BANK
NIC ASIA

राजनीति

एमाले विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपतिद्वारा दिउँसो ओली र साँझ नेपालसँग परामर्श

बैशाख २३, २०७८

NTC
Premier Steels

नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार साँझ एमाले नेता माधवकुमार नेपालसँग परामर्श गरेकी छन् । लामो समयपछि नेता नेपाल राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।

Muktinath Bank

राष्ट्रपति भण्डारीले गत चैत्र ३ गते आयोजना गरेको सर्वदलीय बैठकमा समेत सहभागी नभएका नेपाल बिहीबार साँझ भने राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका हुन् । राष्ट्रपति भण्डारीसँग भेट्नुअघि नेता नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति भण्डारीसँग दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले समेत भेटवार्ता गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठक सकिएलगत्तै ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका थिए । राष्ट्रपति भण्डारीसँग नेता नेपालको के कुराकानी भयो भन्ने बाहिर आएको छैन ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने मिति नजिकिँदै गर्दा एमालेका नेताहरुबीच बहुपक्षीय छलफल चलिरहेको छ । एमालेको नेपाल पक्षले वैशाख २७ गते संसदमा ओलीलाई विश्वासको मत दिने नदिने अन्योल रहेको समयमा नेता नेपाल र राष्ट्रपति भण्डारी बीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Vianet communication

यसअघि नेकपा एकता भंग हुनुअघि राष्ट्रपति भण्डारीले तत्कालीन नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डलाई शीतल निवासमा बोलाएर मिल्नको लागि सुझाव दिने गरेकी थिइन् । स्रोतका अनुसार राष्ट्रपति भण्डारीले एमाले नेताहरुलाई पनि मिलेर जान आग्रह गरेकी छिन् ।

स्रोतका अनुसार नेता नेपालले मिल्नको लागि पार्टी एकता भन्दा अगाडिको अवस्था अर्थात २०७५ जेठ २ गतेको अवस्थामा फर्किनु पर्ने आफूहरुको अडान रहेको बताएका थिए । नेता नेपालसँग बिहीवार मात्र कुरा गरेका एमालेका एक नेताले एकता पूर्वको अवस्थामा फर्किनु पर्ने एकसुत्रीय अडान र बटमलाइनमा नेपाल दृढ छन् ।

माधव नेपाललाई चरम धर्म संकट

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन काँग्रेस र माओवादी केन्द्रका नेताहरुलाई आग्रह गरेका नेपाल पक्षलाई वैशाख २७ गते ओलीको पक्षमा मत हाल्ने कि विपक्षमा भन्ने चरम अन्योल सृजना भएको छ । काँग्रेस र माओवादीले अविश्वासको प्रस्ताव ल्याए फ्लोर क्रस गर्ने बताएको नेपाल समूह आधिकारिक रुपमा भने अनिर्णित छ ।

राष्ट्रपति भण्डारीसँग भेट्नु अघि नेता नेपालले देउवासँग परामर्श गरेका थिए । देउवासँग प्रधानमन्त्री ओलीसहित एमाले नेताहरुले बुधवार मात्र परामर्श गरेका थिए । ओलीले देउवालाई भेटेको भोलिपल्ट नेपाल बूढानीलकण्ठ गएर देउवासँग परामर्श गरेका हुन् ।

काँग्रेस स्रोतका अनुसार नेता नेपालले आफूहरुले ओलीलाई विश्वासको मत दिन नसक्ने अडान दोहोर्याएका थिए । माओवादी अध्यक्ष प्रचण्ड र जसपाका नेता उपेन्द्र यादवसँग नेता नेपालले हिजो संसदमा विश्वासको मत फेल गराउने र नयाँ सरकार गठन गर्ने छलफल गरेका थिए ।

देउवासँगको भेटमा नेता नेपालले अविश्वासको प्रस्तावमा अगाडि बढ्न आग्रह गरेका कांग्रेस स्रोतले बतायो । अविश्वासको प्रस्ताव ल्याएमा बहुमत पुग्न सहज हुनेगरी आफूहरुले राजीनामा गर्ने विश्वास दिलाएका थिए ।

काँग्रेस र माओवादी केन्द्रसँगको समन्वयमा नेता नेपाल पक्षका नेता डा खिमलाल देवकोटालाई बागमती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्यको साझा उम्मेदवार बनाउने निर्णय भएको छ ।

वरिष्ठ नेता झलनाथ खनाल कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका कारण पछिल्ला भेटघाट नेता नेपाल एक्लैले गरिरहेका छन् । नेता नेपाल पक्षमा मिल्नु पर्ने दोस्रो तहका नेताहरुको दवाव छ । एमाले संस्थापन पक्ष र नेता नेपाल पक्षका दोस्रो तहका नेताहरुबीच बिहीवार पनि छलफल भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x