×

NMB BANK
NIC ASIA

नेपाल पक्षमाथिको कारबाही फुकुवाको संकेत

बैशाख २४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरू दौडधुपमा छन्। अध्यक्ष केपी ओली पक्षधर नेता एवं अर्थमन्त्री विष्णु पौडेलले बिहिबार माधवकुमार नेपाल पक्षका सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टसँग छलफल गरेका छन्। बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले योगेश भट्टराई र गणेश पहाडीसँग कुराकानी गरेका थिए।

Muktinath Bank

बिहिबार साँझ नै प्रधानमन्त्री ओलीसँग मन्त्रीहरू लीलानाथ श्रेष्ठ र पार्वत गुरुङलगायतले विवाद मिलाउनुपर्छ भन्दै छलफल गरेका थिए। बुधबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको विवाद निरूपण गरेर अघि बढ्न ओलीलाई सुझाव दिएका थिए। दुई समूहबीच संवाद सुरु भएको र यसलाई सकारात्मक रूपमा लिएको नेपाल पक्षका नेताले बताएका छन् भने ओली पक्षधर नेता पनि छलफल सकारात्मक दिशामा उन्मुख गराउनुपर्छ भन्दै लागेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाण्डे र बिष्टसँगको कुराकानीमा पौडेलले पार्टी एकता कायम राख्न प्रस्ताव गरेको बताइएको छ। पाण्डे र बिष्टले भने फागुन २८ को निर्णय सच्याए विवाद सुल्झन समय नलाग्ने बताएका थिए। कुराकानीपछि पाण्डेले भेटघाटको सुरुवात भएको बताए। ‘यसलाई हामीले कुराकानीको सुरुवाती चरण मानेका छौं। खुलेरै कुराकानी भयो, यसले तत्कालै परिणाम आउन सक्दैन तर केही राम्रो हुने अपेक्षा गरेका छौं,’ पाण्डेले भने। उनीहरूसँग कुराकानी गरेपछि पौडेल मन्त्रिपरिषद्को बैठकमा भाग लिन बालुवाटार गएका थिए। मन्त्रिपरिषद् बैठक सकिएपछि ओलीसँग पौडेलले छुट्टै कुराकानी गरेका थिए भने अन्य मन्त्रीले विवाद मिलाएर जान सुझाव दिएका थिए। प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई विवाद निरूपण गर्ने आश्वासन दिएको भए पनि उपायबारे भने बताएका छैनन्।  


Advertisment
Nabil box
Kumari

पौडेल, पाण्डे र बिष्टबीच छलफल हुनुअघि बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा नेपाल पक्षका नेतालाई गरिएको कारबाही फुकुवा गर्ने विषयमा छलफल भएको थियो। त्यस क्रममा अध्यक्ष ओलीले नेपाल पक्षलाई गरिएको कारबाही फुकुवा गर्ने संकेत गरेका थिए। कारवाही फुकुवा गरौं, पार्टी एक बनाएर लैजाऔं र सरकारलाई पनि जोगाऔं भन्ने मत आएपछि ओलीले नेपाललगायतका नेतामाथिको कारबाही फुकुवा गर्ने संकेत गरेको बैठकमा सहभागी एक सदस्यले बताए। नागरिक दैनिकमा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x