×

NMB BANK
NIC ASIA

महामारीमा ठगी : काठमाडौँ­-बुटवलको भाडा ६ हजार असुलियो

बैशाख २४, २०७८

NTC
Sarbottam
सन्दर्भ तस्बिर
Premier Steels
Marvel

काठमाडौँबाट रुपन्देही (बुटवल)को भाडा कति ? रु ६०० या रु एक हजार । गाडी नै नपाएका बेलामा रु  एक हजार वा भनौँ रु  १२ सयसम्म पनि मानिसलाई तिर्न गाह्रो नहोला  तर बुटवलका लागि रु  छ/छ हजार भाडाभन्दा तपाईँ पत्याउनुहुन्छ ? यस्तै देखिएपछि अब नपत्याएर पनि सुख भो त ?
केही गाडी चालक तथा टिकट काउन्टरका कर्मचारीका मिलेमतोमा काठमाडौँ –बुटवलको भाडा रु छ हजारसम्म असुलेको पाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसरी यात्रुसँग बढी भाडा असुल्ने पाँच जनालाई काठमाडौँका विभिन्न क्षेत्रबाट आज पक्राउ गरेको छ । उनीहरुले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई घर पु¥याउन यसरी चर्काे रकम असुल गरी भाडामा ठगी गरेका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

कोभिड­१९ को महामारीको मौका छोपेर उनीहरुले छोटो समयमै धेरै कमाउने योजना बनाए पनि अन्ततः ट्राफिक प्रहरीले त्यसलाई असफल पारिदिएको छ । “कसैलाई तीन हजार, कसैलाई चार हजार र कसैलाई छ हजारसम्म पैसा लिएर बुटवलका लागि टिकट काटेको पाइयो”, महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भने, “पोखराका लागि तीन हजार ५०० सम्म पनि भाडा लिएको पाइएको छ, सबै आज पक्राउ परेका छन् ।”  उनका अनुसार बार्गेनिङ गर्दा जसबाट जति झार्न सकिन्छ त्यति रकम लिएको पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाशाखाका अनुसार आज गरिएको अनुगमनका क्रममा बढी भाडा लिने तीन जनालाई ग्वंगबु बसपार्क क्षेत्रबाट र दुई जनालाई कलङ्कीबाट पक्राउ गरिएको हो ।
कोभिड­१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिई पोखरा माइक्रो र बुटवल भैरहवा टिकट काउण्टरका कर्मचारीलाई नियन्त्रणमा लिइएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

काठमाडौँदेखि पोखरासम्मको नियमित भाडा रु ५०० र बुटवलसम्म रु एक हजार दुई  सय तोकिएकामा पाँच सय प्रतिशतसम्म बढी भाडा असुलिएको भट्टराईले बताए । उनका अनुसार पोखरा जाने यात्रुसँग रु तीन हजार ५०० र बुटवल जाने यात्रुबाट जनही रु छ हजारसम्म भाडा लिएको पाइएको छ ।
काठमाडौँ उपत्यका छाडी आफ्नो घर फर्किन खोज्ने यात्रुलाई ग १ ख ९६२१ माइक्रोमार्फत पोखरा र बा ४ ख ५१९७ नम्बरको बसमार्फत बुटवल जाने यात्रुबाट बढी भाडा असुलेको महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा पोखरा माइक्रोमा काम गर्ने पोखरा महानगरपालिका ३३ घर भई काठमाडौँ बस्ने  ३२ वर्षीय बन्दराज पराजुली, रतुवामाई ९–मोरङ घर भई नेपालटार बस्ने  २९ वर्षीय नवीन पौडेल तथा बुटवल भैरहवा काउण्टरमा काम गर्ने धादिङ थाक्रे–७ का रञ्जित सिलवाल रहेको महाशाखाले जनाएको छ ।
यस्तै बढीभाडा असुलेका आरोपमा आज कलङ्कीबाट पनि दुई जनालाई पक्राउ गरिएको छ । काठमाडौँदेखि झापाको नियमित भाडा रु एक हजारदेखि रु एक हजार दुई सयसम्म भए पनि यात्रुसँग दुई गुणा बढी अर्थात् जनही रु दुई हजार ५०० का दरले भाडा उठाउने खोटाङ घर भई कलङ्की बस्ने भीमबहादुर खड्का र रौतहट घर भई काठमाडौँ खसीबजार बस्ने  ५० वर्षीय वैजनाथ चौधरीलाई महाशाखाको सादा पोशाकका प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले उपत्यकाको चक्रपथमा चल्ने बा ४ ख १९२५ नम्बरको पाथीभारा दर्शनको भाडा बसमा यात्रु लैजाने गरी टिकट काटेको पाइएको महाशाखाले जनाएको छ ।  ट्राफिक प्रहरी महाशाखाले विषम परिस्थितिमा हुन सक्ने यात्रु ठगी तथा आइपर्ने यातायातसम्बन्धी समस्या अनुगमनका लागि सादा पोशाकमा विशेष टोली परिचालन गरेको छ । टोलीले आफैँ यात्रु बनेर अनुगमन गरिरहेको छ ।
यसअघि बुधबार पनि बढी भाडा लिने बागलुङ भगवती काउण्टरका कर्मचारी मिलन सारुलाई पक्राउ गरिएको थियो । प्रहरीले कुनै गुनासो भएमा आफ्नो हटलाइन १०० वा ट्राफिक कन्ट्रोलको १०३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x