०६ असार २०८३, शनिबार

बेलायतमा टेरिजा मेको निर्वाचन अभियानमा हिन्दी गीतको प्रयोग (भिडियो सहित)

कात्तिक २०, २०७४
बेलायतमा टेरिजा मेको निर्वाचन अभियानमा हिन्दी गीतको प्रयोग (भिडियो सहित)

काठमाडौं, १६ जेठ — बेलायतमा जेठ २५ गते आमनिर्वाचन हुँदैछ । बेलायती प्रधानमन्त्री टेरिजा मेको निर्वाचन अभियानमा हिन्दी गीत बनाइएको छ । यसको शीर्षक छ, ‘टेरिजा का साथ’ ।


बेलायतमा १६ लाख भारतीय मूलका मानिस बस्ने भएकाले उनीहरूलाई फकाउनका लागि हिन्दी गीतबाट प्रचार गरिएको हो । सत्तारूढ कन्जर्भेटिभ पार्टीको गीतलाई भारतीय मूलका व्यापारी रञ्जीत बख्शीले निर्माण गरेका हुन् ।

गीत पण्डित दिनेशले लेखेका अनि संगीतबद्ध गरेका हुन् । नवीन कुन्द्रा, राजा कसफ, केतन कंसरा, उर्मी चक्रवर्ती र रुबैय्यत जहाँले यो गीत गाएका हुन् ।

गीतको भिडियोमा टेरिजाले भारतीय परिधान लगाएका फूटेजहरूको प्रयोग भएको छ ।

हेरौं भिडियो :

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्