२२ जेठ २०८३, शुक्रबार

रामदेवको पतञ्जलिका कैयौं उत्पादन गुणस्तर परीक्षणमा फेल

कात्तिक २०, २०७४
रामदेवको पतञ्जलिका कैयौं उत्पादन गुणस्तर परीक्षणमा फेल

काठमाडौं, १६ जेठ — योगगुरु तथा व्यापारी बाबा रामदेव आफ्ना उत्पादनको शुद्धताका बारेमा ठूलठूला कुरा गर्छन् । तर उनको पतञ्जलि कम्पनीका उत्पादनको हालै गरिएको गुणस्तर परीक्षणले सबै पोल खोलिदिएको छ ।


सन् २०१३ देखि २०१६ सम्म बटुलिएका ८२ वटा नमूनामध्ये ३२ वटा त क्वालिटी टेस्टमा पूरै फेल भए । उत्तराखण्डको एक ल्याबमा परीक्षण गर्दा पतञ्जलिका करीब ४० प्रतिशत उत्पादन गुणस्तरहीन भेटिएका हुन् ।

पतञ्जलिको दिव्या आँवला रस र शिवलिंगी बीज गुणस्तर परीक्षणमा असफल भएका हुन् । अघिल्लो महिना भारतीय सेनाले पतञ्जलिको अमला जुसमाथि प्रतिबन्ध लगाइदिएको थियो ।

उत्तराखण्ड सरकारको ल्याबमा हेर्दा अमलाको जुसमा तोकिएको भन्दा कम पीएच मात्रा पाइयो ।

सूचनाको हक अन्तर्गत प्राप्त जानकारी अनुसार शिवलिंगी बीजको ३१.८६ प्रतिशत भाग विदेशी थियो ।

रामदेवका सहयोगी तथा पतञ्जलिका व्यवस्थापन निर्देशक आचार्य बालकृष्णले ल्याबको रिपोर्टलाई खारेज गरेका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्