काठमाडौं १६ जेठ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेठ ३१ गतेका लागि तोकिएको निर्वाचन असार ९ गते सार्ने निर्णयमा एमालेको समर्थन नभएको बताएका छन् ।
मंगलबार काठमाडौंको भृकुटी मण्डपमा आयोजित विजय सभामा ओलीले सरकारले मध्य बर्खामा चुनाव सारेर गलत गरेको बताएका हुन् ।
‘पुष्कमललाई ज्योतिषीले भनेछन, असार ९ गते माओवादीलाई राम्रो छ,’ ओलीले व्यंग गर्दै भने, ‘उहाँलाई जनताको अभिमत होइन, ज्वोतीषीको कुरा ठूलो लाग्छ ।’
ओलीले मध्य असारमा तरार्इका जिल्लामा पानी पर्ने र कतिपयसँग छाता समेत नहुने बताए । ‘चुनावको मिति सार्ने कुरामा एमालेको समर्थन छैन, मौन समर्थन छ भनेर प्रचार गरिएको छ’ ओलीले भने, ‘मौन होइन, कराएर भन्न चाहान्छु । एमालेको समर्थन छैन । किन समर्थन गर्ने यस्तो कुरामा ?’