२२ जेठ २०८३, शुक्रबार

चीनले भारतलाई दियो चेतावनी, अरुणाचलमा सावधान होऊ

कात्तिक २०, २०७४
चीनले भारतलाई दियो चेतावनी, अरुणाचलमा सावधान होऊ

काठमाडौं, १६ जेठ — भारतले हालै अरुणाचल प्रदेशको धौला सदियामा देशकै सबभन्दा लामो पुल उद्घाटन गरेपछि चीनले चिन्ता व्यक्त गरेको छ ।


अरुणाचलमा सावधानी अपनाउन तथा संयमका साथ काम गर्न सोमवार चीनले भारतलाई आह्वान गरेको छ ।

चीनको विदेश मन्त्रालयले भारतलाई भन्यो, ‘अरुणाचल प्रदेशमा भौतिक निर्माण गर्दा भारतले संयमित र सन्तुलित दृष्टिकोण देखाउँछ भन्ने हामी विश्वास गर्छौं । विवादित इलाकाको संयुक्त नियन्त्रण, शान्ति र सीमाक्षेत्रमा सौहार्द्र अत्यन्तै आवश्यक हुन्छ । दुवै देशले विवादित मुद्दा सुल्झाउनका लागि प्रयत्न गर्नुपर्छ ।’

ब्रह्मपुत्र नदीमा बनेको पुल ९.२ किलोमिटर लामो छ । यसले असम र अरुणाचल प्रदेशको दूरीलाई १६५ किलोमिटरले छोटो बनाइदिन्छ ।

चीनले अरुणाचल प्रदेशका केही हिस्सालाई आफ्नो भनी दाबी गर्छ र दक्षिण तिब्बतको भाग मान्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्