१४ असार २०८३, आइतबार

भारतीय राजदूतको यस्तो आग्रहपछि मधेशी दल चुनावमा जालान ?

कात्तिक २०, २०७४
भारतीय राजदूतको यस्तो आग्रहपछि मधेशी दल चुनावमा जालान ?
काठमाडौं, १६ जेठ - नेपालका लागि भारतीय राजदूत मञ्भिसिंह पुरीले राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरुलाई चुनावमा सहभागि हुन आग्रह गरेका छन् ।

मंगलवार विहान लैनचौरस्थित दुतावासमा बोलाएर राजदुत पुरीले राजपाका नेतालाई निर्वाचनमा सहभागी भएर आफ्नो राजनीतिक मुद्धा स्थापित गर्न आग्रह गरेका छन् ।

चुनाव बहिष्कार गर्ने रणनीति बनाएका मधेशी नेताहरु पुरीको यस्तो आग्रहपछि दबावमा परेका छन् । राजपाले मागेजस्तै संविधान संशोधन तत्काल सम्भव नदेखिएको भन्दै चुनावपछि पनि आफ्ना राजनीितक एजेण्डाहरु लिएर जनताकोमा जान सकिने पुरीले सुझाएका थिए ।

तर मधेशी नेताहरुले आफ्ना मागहरु पुरा नगरी अहिलेकै अवस्थामा चुनावमा जान कठीन रहेको बताएका छन् । भारतीय दूतावासमा महन्थ ठाकुर, शरतसिंह भण्डारी, राजेन्द्र महतो, अनिल झा लगायतका नेताहरु सो भेटमा सहभागि भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्