२३ जेठ २०८३, शनिबार

सरकारले बजेट ल्याउँदा किन तर्सियो सेयर बजार ?

कात्तिक २०, २०७४
सरकारले बजेट ल्याउँदा किन तर्सियो सेयर बजार ?

काठमाडौं, १६ जेठ– सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि बजेट घोषणा गरेको दोस्रो दिन आज (मंगलबार) सेयर बजारमा उच्च गिरावट आएको छ ।

मंगलबार सेयर बजार परिसूचक नेप्से २५.१५ अंकले घटेर १५९४.४३ विन्दुमा पुग्यो । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटि इन्डेक्स पनि ४.६४ अंकले घटेर ३३८.६४ विन्दुमा पुग्यो ।



सरकारले बजेट वक्तव्यमा बिमा क्षेत्रमा उल्लेख्य सुधार गर्दै बिमा सेवा विस्तार गर्ने घोषणा गरेपनि सेयर बजारमा बिमा समूहको परिसूचकमा भने सबैभन्दा बढी गिरावट आएको छ । मंगलबार बिमा समूहको परिसूचक १२०.५ अंकले घट्यो ।



मंगलबारको सेयर बजारमा उत्पादन तथा प्रशोधन र फाइनान्स समूहको परिसूचक सामान्य अंकले बढे पनि ‘अन्य’, बैंकिङ, विकास बैंक, होटेल र जलविद्युत समूहको परिसूचक भने ओरालो लाग्यो ।

१२ लाख ९७ हजार ८ सय २८ कित्ता सेयर किनबेच भएको मंगलबारको बजारमा ७६ करोड ३८ लाख १८ हजार रुपैयाँको कारोबार भयो ।

salt training

कमेन्ट गर्नुहोस्