
धनुषाको शहीदनगर नगरपालिकाका प्रमुख (मेयर) उदयकुमार यादवले आफूले प्रयोग गरिरहेको सरकारी गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका छन् ।
शनिवार प्रेस विज्ञप्ति जारी गर्दै मेयर यादवले कोरोना भाइरस संक्रमितलाई अस्पताल लैजान र अस्पतालबाट घर पुर्याउन प्रयोग गर्ने गरी एम्बुलेन्स बनाइने जानकारी दिए ।
भारतसँग सीमा जोडिएका ग्रामीण क्षेत्रमा कोरोना संक्रमितको संख्या बढिरहेको विज्ञप्तिमा उल्लेख छ ।
