२३ जेठ २०८३, शनिबार

कोरोना महामारीमा प्रधानमन्त्री मोदीले गरे मुख्यमन्त्री उद्धव ठाकरेको प्रशंसा

बैशाख २५, २०७८
कोरोना महामारीमा प्रधानमन्त्री मोदीले गरे मुख्यमन्त्री उद्धव ठाकरेको प्रशंसा

कोरोना भाइरस संक्रमणको महामारी उग्र बनिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेको प्रशंसा गरेका छन् ।

कोरोना महामारीका बेला महाराष्ट्र प्रदेश सरकारले गरेको कामप्रति खुशी हुँदै प्रधानमन्त्री मोदीले मुख्यमन्त्री ठाकरेको प्रशंसा गरेका हुन् ।

मुख्यमन्त्री ठाकरेले मोदीसँग अक्सिजनको आपूर्ति बढाउन र कोरोनासँग लड्ने नयाँ–नयाँ तरिकाबारे जानकारी दिन अनुरोध गरे ।

पछिल्ला केही दिनयता प्रधानमन्त्री मोदी प्रदेशका मुख्यमन्त्रीसँग टेलिफोन कुराकानी गरिरहेका छन् । यसै सिलसिलामा शनिवार ठाकरेसँग कुराकानी गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्