
नुवाकोटमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चारसय नाघेको छ । कोरोनाको दोश्रो लहर शुरु हुनुपूर्व गत चैत २४ गतेसम्म कोरानो मुक्त बनेको जिल्लामा पछिल्लो एक महिनामा सङक्रमितको सङ्ख्या ४३३ पुगेको हो ।
जिल्लामा सङ्क्रमित भएर उपचार गराउँदै आएका तथा स्वास्थ्यकर्मीको निगरानीमा रहनेको सङ्ख्या आजसम्म ४३३ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा सङ्क्रमणको दरमा बृद्धि भएसगैँ गत वैशाख २१ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी छ ।
जिल्लामा पुष्टि भएका सङ्क्रमितको सङ्ख्याको आधा बढी विदुरमा छन् । विदुर नगरपालिका भित्र १५४ जना पुरुष र ९७ जना महिला सहित कुल २५१ जना सक्रिय सङक्रमति देखिएकाले उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा घरकै आइसोलेशनमा राखिएको छ ।