
चीनमा शुक्रवारसम्म ३० करोड ८० लाखभन्दा बढी व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लिइसकेका राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
चीनको यो तथ्याङ्क कोभिड–१९ बाट विश्वव्यापीरूपमा सङ्क्रमित हुनेको सङ्ख्या १५ करोड ७५ लाखभन्दा बढी पुगेको र एशियामा यसको प्रभाब उच्च रहेका समय आएको हो ।
चीनले शरीरको प्रतिरक्षा प्रणालीलाई विकास गर्न स्वदेशमा नै निर्माण गरिएको खोपलाई धेरैभन्दा धेरै नागरिकसमक्ष पु¥याउने अभियानलाई तीब्र पारिरहेको छ ।