२४ असार २०८३, बुधबार

लकडाउनले रोकिएन कोरोना महामारी, मृत्युको तथ्यांक डरलाग्दो

बैशाख २६, २०७८
लकडाउनले रोकिएन कोरोना महामारी, मृत्युको तथ्यांक डरलाग्दो
फाइल फोटो

कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रणका लागि भारतका विभिन्न प्रदेशमा गरिएको लकडाउन र कर्फ्यूका बाबजुद पनि संक्रमण रोकिएको छैन । कोरोना संक्रमण लगातार फैलिइरहेको छ ।

शनिवार भारतभर ४ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । तथ्यांक अनुसार ४ लाख १ हजार ७८ संक्रमित थपिएका हुन् । 

यसअघि ५ मईमा ४ लाख १२ हजार र ६ मईमा ४ लाख १४ हजार संक्रमित थपिएका थिए । 

केही दिनयता संक्रमितको संख्या घटेपनि मृत्यु हुनेको संख्या बढिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शनिवार ४ हजार १८७ संक्रमितको मृत्यु भएको छ ।

राजधानी नयाँदिल्लीमा संक्रमण दरमा कमी आएको छ । संक्रमण दर २३.३४ प्रतिशत पुगेको छ । १७ अप्रिलमा संक्रमण दर २४.५६ प्रतिशत थियो । 

salt training

कमेन्ट गर्नुहोस्