२७ असार २०८३, शनिबार

आमिर खानको दंगलले चीनमा कमायो दश अर्ब भारु

कात्तिक २०, २०७४
आमिर खानको दंगलले चीनमा कमायो दश अर्ब भारु

काठमाडौं, १६ जेठ — आमिर खानको दंगल फिल्मले चीनमा दश अर्ब भारु कमाएर कीर्तिमान कायम गरेको छ । कुनै पनि भारतीय फिल्मले चीनमा यति धेरै पैसा कमाएको छैन ।


चीनको फिल्म टिकेटिङ वेबसाइट माओयानका अनुसार दंगलले चीनमा एक अर्ब आरएमबी कमाएको छ र चीनको सिनेमा इतिहासमा यति धेरै कमाउने ३२ फिल्मको क्लबमा परेको छ ।

‘एउटा भारतीय फिल्मका लागि यो अभूतपूर्व सफलता हो र दंगल सुपरहिट भारतीय फिल्म हो,’ प्रसाद शेट्टीले भने । उनी चीनमा भारतीय फिल्म प्रवर्द्धन गर्ने संस्थाका पार्टनर हुन् ।

यो फिल्म चीनमा मे ५ मा रिलिज भएको थियो र १५ दिनसम्म लगातार शीर्ष स्थानमा रहेको थियो । अहिले चाहिँ पाइरेट्स अफ द क्यारिबियन ५ शीर्ष स्थानमा छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्