
२०७८ बैशाख २६ गते आइतबारको राशिफल
मेष
काममा विवाद हुनेछ, तर हजुरको क्षमता अनुसार काम सम्पादन हुनेछ । कुनै पनि राम्रो समाचार सुन्न पाउँदा तपाई भावनात्मक रुपमा सशक्त महसुस गर्नुहुनेछ । तपाईको व्यक्तित्वमा पनि सुधार हुनेछ ।
वृष
भाई र बहिनीहरूले कुनै कारणले गर्दा कुनै न कुनै रूपमा कष्ट भोग्न सक्दछन् । तपाईको अहंकार र क्रोधलाई पनि नियन्त्रणमा राख्नुहोस् । हालका गतिविधिहरूमा मात्र ध्यान दिनुहोस्, अनेक पक्षबाट फाइदा मिल्नेछ ।
मिथुन
व्यापारिक क्षेत्रमा केहि समस्याहरुको कारण तनाव भएतापनि सुभ दिन नै रहनेछ । कामको जिम्मेवारी भएकोले आफैमा सुखीको अनुभव रहनेछ ।
कर्कट
राम्रो कर्मफल प्राप्त नहुनाले मन दुखी रहनेछ । सामाजिक नेतृत्वमा हातलागी नहुने सम्भावना छ । व्यापारमा पनि सोचेअनुरुपमा फाइदा नहोला ।
सिंह
शेयर बजारका मानिसहरू कामकाबारे अझ सजग हुन आवश्यक छ । आज तपाईको आर्थिक वृद्धि हुदैछ, तर तपाईले नियमको दायरा भित्र काम गर्नुपर्ने हुन्छ । क्लेश बढेता पनि अतिरिक्त जोखिम लिनुहोस् जसले गर्दा तपाई र परिवारको हित हुनेछ ।
कन्या
व्यवसायमा रोजगारीको वातावरण बन्ला र द्रव्य प्राप्तिले व्यवसायमा निरन्तरता रहनेछ । उपयुक्त अवसरहरू पनि हुनेछन् । तर यस पटक आय स्थिति कम हुनेछ । प्रतिद्वन्द्वीहरुको गतिविधिहरूमा नजर राख्नुहोस् ।
तुला
अन्तिम केहि असफलताबाट सिकेर तपाईले बित्तादी सुखको अनुभव गर्नुहुनेछ । आफ्नो कार्यहरू अझ उत्तम बनाउन कोशिस गर्नुहुनेछ । साथै सम्बन्धमा मतभेद समाधान गर्न प्रयास सफल हुनेछ ।
वृश्चिक
आफैमा धेरै कामको भार नलगाउनुहोस् । यस समयमा तपाईको व्यक्तिगत कार्यलाई पनि ध्यान दिन आवश्यक छ । आलस्य र लापरवाहीको साथ तपाई आफैलाई कुनै नोक्सान गर्न सक्नुहुन्छ, यसको विशेष ख्याल राख्नुहोस् ।
धनु
प्रेममा कसैसँगको पार्टनरको व्यक्तिगत जीवनसँग सम्बन्धित मामिलाहरूमा छलफल नगर्नुहोस् । निराशा हुनु पर्नेछ स्वास्थ्य बिग्रिन सक्छ, खानेकुरा र पेय पदार्थको बारेमा सावधान रहनुहोस् । अपच र एसिडिटीको समस्या निम्तिनेछ ।
मकर
शारीरिक समस्याहरूले महिलालाई दिनको सुरुवातमा चोट पुर्याउन सक्छ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नाले द्रव्य प्राप्तिको सुख मिल्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ ।
कुम्भ
तपाई आज आफ्नो प्रार्थनाको जवाफ प्राप्त गर्दै हुनुहुन्छ, जसको कारण तपाईंको आध्यात्मिकतातिर झुकाव बढी देखिनेछ । जीवनसँग सम्बन्धित कठिनाइहरू हराउन थाल्नेछन् । तपाई आफ्नो व्यक्तित्वको सकारात्मकपक्ष देख्नुहुनेछ, जसको कारण तपाई विश्वस्त रहनुहुनेछ ।
मीन
लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, क्रियाशील रहनुहोला । उच्च शिक्षासँग सम्बद्ध व्यक्तिहरूले आशा गरे अनुसार प्रगति गर्नेछन् ।
ज्यो. पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)