२१ जेठ २०८३, बिहीबार

हिन्द महासागरमा खस्यो चीनको अनियन्त्रित रकेट

बैशाख २६, २०७८
हिन्द महासागरमा खस्यो चीनको अनियन्त्रित रकेट

चीनको लंग मार्च ५बी रकेट अनियन्त्रित भएर पृथ्वीमा कुन ठाउँमा खस्ने पत्तो नभएकोमा अन्ततोगत्वा आइतवार हिन्द महासागरमा खसेको छ । 

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार, रकेट श्रीलंका र माल्दिभ्सको बीचमा कतै पानीमा खसेको छ । 

अमेरिकाको स्पेस फोर्स डेटाअनुसार, यो रकेट १८ हजार माइल प्रतिघन्टाको गतिमा पृथ्वीतिर आइरहेको थियो । यो कहाँ खस्ने हो भन्ने कुनै निश्चित थिएन । तर रकेट खस्दा कसैलाई हानिनोक्सानी नभएको बताइएको छ । 

२०२१–०३५बी नामक यो रकेट १०० फीट लामो र १६ फीट चौडा थियो । वायुमण्डलमा प्रवेश गर्दा यसको ठूलो भाग जल्यो र बाँकी भाग पानीमा खस्यो । 

चीनले यस रकेटको सहायताले अन्तरिक्षमा बनाइने आफ्नो स्पेस स्टेसनको पहिलो भाग पठाएको थियो । त्यस मोड्युलको नाम थ्याँह राखिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्