०३ साउन २०८३, आइतबार

गण्डकीमा सरकार गठनका लागि दलहरूलाई ३ दिनको समय

बैशाख २६, २०७८
गण्डकीमा सरकार गठनका लागि दलहरूलाई ३ दिनको समय

गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई ३ दिनको समय दिएकी छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले दलहरूलाई सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

'नेपालको संविधानको धारा १३८ को उपधारा (२) बमोजिम ३ दिनभित्र सरकार गठन गर्न आह्वान गर्नुभएको छ व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ,' प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस्, विज्ञप्ति :​

salt training

कमेन्ट गर्नुहोस्