×

NMB BANK
NIC ASIA

पौडेल र नेम्वाङसँग छलफलपछि आजका लागि टर्‍यो सांसदको राजीनामा, तर सहमति अझै जुटेन

बैशाख २६, २०७८

NTC
Premier Steels

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले खटाएका दुई नेता अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले माधव नेपालसँग आइतवार गरेको छलफलपछि खनाल–नेपाल पक्षका सांसदको राजीनामा आजका लागि टरेको एमाले नेताहरूले बताएका छन् ।

Muktinath Bank

खनाल–नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले आइतवार राजीनामा गर्ने बताएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आइतवार अपराह्न पौडेल र नेम्वाङले नेता नेपालसँग आधा घण्टा कुरा गरेका थिए । राजीनामा बुझाउन भन्दै संसद् सचिवालय सिंहदरबार पुगेका सांसदहरू घर फर्केका छन् । 
आइतवारको छलफलमा पनि कुनै सकारात्मक नतिजा निस्कन नसकेको नेपाल पक्षका एक सांसदले बताए ।


Advertisment
Nabil box
Kumari

‘पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काऔं भन्ने हाम्रो अडानमा कुनै परिवर्तन भएको छैन, उताबाट राजीनामा रोकौं भन्ने प्रस्ताव मात्र आयो, सहमतिको संकेत देखिएन,’ नेता नेपाल निकट एक सांसदले लोकान्तरसँग भने । 
नेता नेपालसँगको छलफलपछि नेम्वाङले भोलि बिहानसम्म सहमतिमा पुगिने जानकारी दिए । 

Vianet communication

उनले नेपाल पक्षसँग फेरि छलफल हुने संकेत गरे । 

पौडेल र नेम्वाङसँगको छलफल अघि नेपाल पक्षले आन्तरिक छलफल गरेको थियो । खनाल नेपाल समूहमा राजीनामा गर्न नहुने मत पनि छ । सो समूहका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले राजीनामाको विकल्पमा जान नहुने अडान लिइरहेका छन् ।

सहमति नभए भोलिको प्रतिनिधि सभा बैठकअगाडि राजीनामा दिने विकल्प बाँकी नै रहेको नेपाल पक्षका एक सांसदले बताए । 

सोमवार प्रतिनिधि सभा बैठकमा ओलीलाई विश्वासको मत पुग्न नदिन नेपाल पक्षले राजीनामाको तयारी गरेको थियो । 

भोलि प्रतिनिधि सभा बैठकमा ओलीले विश्वासको मत लिँदैछन् । 

आइतवार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मत लिने प्रक्रियालाई भोलि नै टुंगोमा पुर्‍याउने निर्णय गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x