२२ जेठ २०८३, शुक्रबार

ओलीलाई नेपाल समूहको भोलिसम्मको अल्टिमेटम

बैशाख २६, २०७८
ओलीलाई नेपाल समूहको भोलिसम्मको अल्टिमेटम

नेकपा एमालेको माधव कुमार नेपाल समूहले आफूहरुको माग सम्बोधनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहानसम्मको समय दिएको छ । आइतबार सिंहदरबारमा बसेको नेपाल पक्षको बैठकले माग सम्बोधनका लागि भोलि बिहान ९ बजेसम्मको समय दिइएको नेता योगेश भट्टराईले जानकारी दिए । सो समयमा पनि माग सम्बोधन नभए पुनः बैठक बसेर थप निर्णय लिइने उनको भनाइ छ । 

नेपाल पक्षले आवश्यक परे राजीनामा दिनेसम्मको तयारी गरेको छ । 

नेपाल पक्षले २०७५ जेठ २ गतेको अवस्थामा पार्टी फर्किनुपर्ने मुख्य माग राखेको छ । तर ओलीले त्यो मागमा छलफलै नगरेको र उनी विवाद मिलाउन पनि गम्भीर नभएको निष्कर्ष बैठकले निकालेको छ । 

नेपाल समूहले ओलीले माग पूरा गरे प्रतिनिधिसभा बैठकमा सहभागी बन्न सकिने पनि बताएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि सोमबार प्रतिनिधिसभा बैठक बोलाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्