१४ असार २०८३, आइतबार

प्रशासनद्वारा अक्सिजन सिलिन्डर बुझाउन आग्रह

बैशाख २७, २०७८
प्रशासनद्वारा अक्सिजन सिलिन्डर बुझाउन आग्रह

जिल्ला प्रशासन कार्यालय लमजुङले अक्सिजन सिलिन्डर बुझाउन आग्रह गरेको छ ।

कोरोना सङ्क्रमणको उच्च जोखिम बढिरहेको र अक्सिजन सिलिन्डर अभाव हुन नदिनलाई प्रशासनले आज एक विज्ञप्ती जारी गर्दै जिल्लाका व्यक्ति, कलकारखाना, उद्योग र संस्थालाई यस्तो आग्रह गरेको हो ।

सङ्क्रमित दिनहुँ बढ्ने क्रममा अक्सिजन जस्तो अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापनमा विषेश ध्यान दिनुपर्ने भएकाले जो जोसँग जे  जति अक्सिजन सिलिन्डर छन् ति सबै प्रशासनमार्फत स्वास्थ्य कार्यालयमा अबिलम्ब बुझाएर सहयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । 

जिल्लामा कोरोना सङ्क्रमणको दोस्रो लहरमा कोरोना सङ्क्रमित दिनहुँ वृद्धि हुन थालेको छ । यही वैशाख १ देखि २६ गते अर्थात् आजसम्म १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । जिल्लामा यी सबै र थप हुँदै जाने कोरोना सङ्क्रमित सबैलाई अक्सिजन सिलिन्डरको प्रयोग गर्नुपर्ने भएमा अभाव हुने देखिन्छ ।

 कोरोना सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजन सिलिन्डर अभाव हुन नदिनका लागि जिल्लामा भएका सबै अक्सिजन सिलिन्डर जम्मा गरेर तयारी अवस्थामा राख्दै अभाव हुनबाट जोगाउन लागिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए। 
 

salt training

कमेन्ट गर्नुहोस्