१० साउन २०८३, आइतबार
एमाले विवाद समाधानको प्रयास

एमाले विवाद समाधानको प्रयास– घनश्याम, योगेश र गोकर्णसँग छलफलमा अर्थमन्त्री विष्णु पौडेल

बैशाख २७, २०७८
एमाले विवाद समाधानको प्रयास– घनश्याम, योगेश र गोकर्णसँग छलफलमा अर्थमन्त्री विष्णु पौडेल

नेकपा एमालेमा जारी विवाद समाधानको प्रयास स्वरुप दोस्रो तहका नेताहरूबीच छलफल शुरू भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल र झलनाथ खनाल-माधव नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टबीच सिंहदरबारमा छलफल शुरू भएको हो ।

खनाल-नेपाल पक्षले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रतिनिधि सभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरिसकेको छ ।

उक्त निर्णयलगत्तै अर्थमन्त्री पौडेल र खनाल-नेपाल पक्षका दोस्रो तहका प्रभावशाली नेताहरूबीच छलफल शुरू भएको हो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मत लिँदैछन् ।

खनाल नेपाल पक्षका नेताहरू भट्टराई, भुसाल लगायतले राजीनामा दिएर पार्टी विभाजनको मार्ग प्रशस्त गर्नुभन्दा पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

उनीहरूकै जोडबलमा सांसदहरूको सामूहिक राजीनामा रोकिएको स्रोतको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्