३१ जेठ २०८३, आइतबार

जेरुसेलममा प्यालेस्टाइनी र इजरायली प्रहरीबीच भिडन्त (भिडियो)

बैशाख २७, २०७८
जेरुसेलममा प्यालेस्टाइनी र इजरायली प्रहरीबीच भिडन्त (भिडियो)

इजरायलको जेरुसेलममा रहेको अल–अक्सा मस्जिद नजिक इजरायली प्रहरी र प्यालेस्टाइनीहरूका बीच सोमवार ताजा भिडन्त भएको छ । 
 

प्यालेस्टाइनीहरूले इजरायली सुरक्षाबलमाथि ढुंगा प्रहार गरेका थिए । सुरक्षाकर्मीहरूले स्टन ग्रिनेड प्रहार गरेका थिए । 

विगत तीन दिनदेखि भइरहेका भिडन्तमा परी सयौं प्यालेस्टाइनी र २० भन्दा बढी इजरायली प्रहरी घाइते भएका छन् । 

सोमवार वार्षिक जेरुसेलम डे फ्ल्याग मार्चमा थप हिंसा हुने आशंका छ । 

इजरायलले सन् १९६७ मा पूर्वी जेरुसेलम कब्जा गरेको अवसरमा उक्त मार्च निकाल्न लागिएको हो । त्यस दिन युवा जायोनिस्टहरू मुसलमानबहुल क्षेत्र हुँदै हिँड्छन् । 

धेरै प्यालेस्टाइनीहरूले यसलार्य जानाजान उत्तेजित पार्ने कामका रूपमा लिने गरेका छन् । 

प्यालेस्टाइनी परिवारहरूलाई हटाइने धम्कीका बीचमा महिनौंदेखि तनावको स्थितिका कारण पछिल्लो हिंसा भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्