१३ असार २०८३, शनिबार

माधव नेपालले पार्टी विभाजन गरे सहयोग गर्ने वामदेव गौतमको घोषणा

बैशाख २७, २०७८
माधव नेपालले पार्टी विभाजन गरे सहयोग गर्ने वामदेव गौतमको घोषणा

नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेता माधवकुमार नेपाल पक्षले पार्टी विभाजन गरेमा साथ दिने घोषणा गरेका छन् ।

उपाध्यक्ष गौतमको तर्फबाट धारणा सार्वजनिक गर्दै प्रेस संयोजक विश्वमणि सुवेदीले पार्टी विभाजनमा गौतमको साथ रहने जनाएका छन् ।

एमाले पार्टीलाई अदालतको फैसलाअघिकै अवस्थामा पुर्‍याउन नसकिने अध्यक्ष केपी शर्मा ओलीको अडानपछि गौतमले ओलीलाई साथ नदिने जनाएका छन् ।

गौतमले एमाले पार्टीमै समानान्तर गतिविधि गर्ने नेता नेपाल पक्षको कार्यलाई साथ नरहने तर पार्टी विभाजन गरेमा साथ रहने जनाएका छन् ।

‘वरिष्ठ नेता क.माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरू बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर यदि उहाँहरूले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु,’ गौतमको भनाइ उदृत गर्दै सुवेदीले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ।
 

नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क. वामदेव गौतमले समसामयिक सन्दर्भमा दुईवटा धारणा...

Posted by Bishwamani Subedi Bimasu on Monday, May 10, 2021

salt training

कमेन्ट गर्नुहोस्