नयाँ दिल्ली, १७ जेठ – बाबरी मस्जिद विध्वंसको घटनामा भारतका पूर्व गृहमन्त्री तथा भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी र उमा भारतीसहित १२ जनामाथि आपराधिक षडयन्त्र गरेको आरोप खारेज गर्न अदालतले अस्वीकार गरेको छ । लखनउको बिशेष सीबीआई अदालतमा मुद्दा खारेज गर्नका लागि उनीहरुले गरेको अपीललाई खारेज गरिदिएको हो ।

अदालतले आडवाणी, जोशी, उमा भारती र अन्य व्यक्तिमाथि आपराधिक षढयन्त्र गरेको आरोपमा कारबाही गर्नका लागि पर्याप्त प्रमाण रहेको जनाएको छ । सुनुवाईका क्रममा अदालतमा भाजपाका वयोवृद्ध नेता आडवाणी, मुरली मनोहर र उमा भारती पुगेका थिए ।
यसका साथै बिजेपी नेता विनय काटियार, साध्वी रितंभरासमेत पुगेका थिए । अदातलतले ५ जना अभियुक्तलाई ५० हजार जमानत दिएको छ । ६ डिसेम्बर १९९२ मा भाजपा, विश्व हिन्दु परिषद र केही हिन्दुवादी संगठनका नेताको समेत उपस्थितिमा यी संगठनका हजारौं कार्यकर्ताले अयोध्याको बाबरी मस्जिदमा घेरा हाली ध्वस्त बनाएका थिए, राजधानीमा खबर छ ।