काठमाडौं, १७ जेठ– गरिमा विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीका लागि निष्काशन गरेको हकप्रद सेयरको बिक्री (निष्काशन) आजदेखि बन्द गर्ने भएको छ ।
बैंकले २०७३ चैत २९ गतेसम्म कायम सेयरधनीका लागि १० बराबर ७ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो । १०० रुपैयाँ अंकित दरमा निष्काशित १ करोड २९ लाख ६६ हजार १ सय ३८ कित्ता हकप्रद सेयर खरिदका लागि आज (बुधबार) बैंकिङ समयसम्म आवेदन दिन सकिने छ ।