
कोरोना भाइरस संक्रमणको महामारी बढिरहेका बेला चीनबाट आवश्यक स्वास्थ्य सामग्री काठमाडौं ल्याइएको छ ।
अत्यावश्यक अक्सिजन र भेन्टिलेटर सहितका स्वास्थ्य ल्याएर बेइजिङबाट उडेको नेपाल एयरलाइन्सको विमान मंगलवार काठमाडौं ओर्लिएको छ ।
विमानले ४०० अक्सिजन सिलिन्डर, १६० अक्सिजन कन्सनटेटर र १० भेन्टिलेटरसहित ३० टन सामाग्री ल्याएको नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।
हिजो राती 11:30 बजे नेपाल वायुसेवा निगमको वाईड बडी A330 विमान चीनको राजधानी बेइजिङ गएर 20000 थान मध्ये हाल तयार भएका 400...
Posted by Dim Prakash Poudel on Tuesday, May 11, 2021