१६ असार २०८३, मंगलबार

लुम्बिनीको उपनिर्वाचनका लागि जेठ ४ गते उम्मेदवारी दर्ता गरिने

बैशाख २८, २०७८
लुम्बिनीको उपनिर्वाचनका लागि जेठ ४ गते उम्मेदवारी दर्ता गरिने

निर्वाचन आयोगले लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन कार्यक्रम सार्वजनिक गर्दै आगामी जेठ ४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने जनाएको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा जेठ ९ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

आगामी जेठ १७ गतेका लागि उपनिर्वाचनको मिति तोकिएको छ ।

‘स्वीकृत कार्यक्रम अनुसार जेठ १ गते मतदाता नामावली प्रकाशन गर्ने र दावी विरोधको उजुरी दिने, जेठ २ र ३ गते प्राप्त निवेदन तथा उजुरीउपर छानबिन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, जेठ ४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, जेठ ५, ६ र ७ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने, जेठ ८ गते उम्मेदवारले नाम फिर्ता लिने र जेठ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्