
काठमाडौं, १७ जेठ — पाँचथर र ताप्लेजुङका स्थानीइ वासिन्दाको लािग रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सेयर निष्काशन गरिएको छ ।
प्रति इकाई १०० मुल्य तोकिएका पाँच लाख ६० हजार कित्ता निष्काशन गरिएको हो । यो मध्ये पाँचथरको सुब्बु र ताप्लेजुङको साब्लाखु गाविसका स्थानीय वासिन्दाको लागि २ लाख २४ हजार कित्ता सेयर छुट्याइएको छ भने बाँकी चाहिँ दुई जिल्लाका स्थानीयको लागि निष्काशन गरिएको हो ।
न्युनतम ५० देखि अधिकतम २८ सय कित्ता सम्म आवेदन गर्न पाइने कम्पनीले जनाएको छ । आवेदन छिटोमा असार ८ र ढिलोमा असार २३ गते बन्द गरिने समेत कम्पनीले जनाएको छ ।