
नेपाल उद्योग परिसंघले आफ्नो सदस्य संस्था होङ्शी–शीभम सिमेन्ट मार्फत ८ लिटर क्षमताका २०० थान अक्सिजन कन्सन्ट्रेटर सरकारलाई हस्तान्तरण गरेको छ ।
रु. २ करोड बरावरको सो सामाग्रीहरु बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रि हृदयेश त्रिपाठीले माहामारी तथा अक्सिजनको अभावको यस घडीमा उपलब्ध सामाग्रीहरुले अक्सिजन सिलिन्डरको विकल्पका रुपमा राहत हुने बताए ।
त्यस्तै सामाग्रीहरु हस्तान्तरण गर्दै परिसंघका अध्यक्ष सतीशकुमार मोरले राष्ट्रको संकटका वखतमा नेपालको निजी क्षेत्र सरकारसँगै रहेको बताए ।
राष्ट्रको संकटका वेला अत्यावश्यक सामाग्री उपलब्ध गराई सहयोग पुर्याएकोमा परिसंघले होङ्शी–शीभम सिमेन्टलाई धन्यवाद समेत दिएको छ ।