
कोरोना भाइरस संक्रमणका कारण रुपन्देही र दाङमा ३१ जनाकोे मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र दाङका विभिन्न अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्ष र कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचाररत १४ संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुासर मृत्यु भएकामध्ये ८ जना रुपन्देहीका छन् ।
दाङमा बितेको २४ घण्टामा १७ कोरोनाका बिरामीको मृत्यु भएकोे छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार मंगलवार मृत्यु हुनेमा घोराहीका ५, तुलसीपुरका ८, लमहीका २ तथा गढवा र दंगीशरणका १/१ रहेका छन् ।
मंगलवार मृत्यु हुनेमा कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत ८ र होम आइसोलेसनमा बसेका ५ जना छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २, लमहीमा होम आइसोलेसनमा बसेका १ तथा लमही अस्पताल र घोराहीको गायत्री अस्पतालमा उपचाररत १/१ जनाको मृत्युु भएको केन्द्रले जनाएको छ ।