०२ असार २०८३, मंगलबार

कोरोनाका जटिल नयाँ बिरामी भर्ना लिन असमर्थ छौं : मेडिसिटी अस्पताल

बैशाख २८, २०७८
कोरोनाका जटिल नयाँ बिरामी भर्ना लिन असमर्थ छौं : मेडिसिटी अस्पताल

ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कोभिड–१९ र बिरामीको सुरक्षित उपचारमा अक्सिजनको अभाव भएको जनाएको छ ।

अस्पतालमा अहिले १२० भन्दा बढी कोरोना र १०० हाराहारीमा अन्य बिरामीको उपचार भइरहेको अस्पतालका प्रवक्ता डा. राज राणाले जानकारी दिए ।

४० भन्दा बढी भेन्टिलेटरसहित सघन उपचार कक्षमा रहेको अस्पतालले सम्पूर्ण क्षमता, जनशक्ति र संयन्त्रको उपयोग गरी कोभिडका बिरामीको उपचारमा गरिरहेको जनाएको छ । 

प्रत्येक दिन ४५० देखि ५०० आवश्यक पर्नेमा १०० सिलिण्डर मात्र अक्सिजन प्राप्त हुने गरेको जानकारी अस्पतालले दिँदै यस्तो परिस्थितिमा उपचार गर्न कठिनाइ हुने भएकाले सहज आपूर्तिको व्यवस्था मिलाउन मन्त्रालय, सीसीएमसी र सम्बन्धित निकायसँग अपिल गरेको छ ।

अक्सिजनको सहज आपूर्तिको सुनिश्चित नभएसम्म कोभिडका जटिल बिरामीको नयाँ भर्ना लिन असमर्थ रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्