२३ असार २०८३, मंगलबार

विद्यालयमा आक्रमण- बालबालिकासहित ११ को मृत्यु

बैशाख २८, २०७८
विद्यालयमा आक्रमण- बालबालिकासहित ११ को मृत्यु

रसियाको काजमको एउटा विद्यालयमा मंगलबार एक समूहले गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

रूसी समाचार संस्था स्पुत्निकका अनुसार आक्रमण रूसको दक्षिण पश्चिम क्षेत्रमा रहेको काजान शहरस्थित एक विद्यालयमा भएको थियो ।

“पछिल्लो जानकारीका अनुसार काजानको विद्यालय भित्र गोली चल्दा बालबालिकासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनमध्ये दुई बालकको गोली चलेपछि भवनको तेस्रो तलाको झ्यालबाट हामफाली ज्यान जोगाउन खोज्दा मृत्यु भएको हो भने अन्य व्यक्तिको गोली लागी मृत्यु भएको छ,” आपतकालीन सेवा हेर्ने रूसी संस्थाका प्रवक्ताले बताए ।

salt training

कमेन्ट गर्नुहोस्