०४ असार २०८३, बिहीबार

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

बैशाख २९, २०७८
सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले मंगलवार विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि आफ्नो विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो । 

विभागले सैनिक अस्पताललाई ३ थान र बालाजु अक्सिजन उद्योगलाई १ थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नापतौल विभागको प्रयोगशालामा प्रयोग हुँदै आएको सिलिण्डर सैनिक अस्पताल र अक्सिजन उद्योगलाई सहयोग गरेको जानकारी दिए ।

कोरोना महामारीको समयमा जो कोहीसँग भएको अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग गरेर संक्रमित बिरामीको उपचारमा सहयोग गर्न समेत उनले आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्