२९ जेठ २०८३, शुक्रबार

शव पहिचान नहुँदा प्रहरीलाई समस्या

कात्तिक २०, २०७४
शव पहिचान नहुँदा प्रहरीलाई समस्या

रसुवा, १७ जेठ– गत जेठ १२ गते भीरबाट लडेर मृतावस्थामा फेला परेका एकजनाको एउटा शव पहिचान हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख फणिन्द्र प्रसाईंका अनुसार पार्वतीकुण्ड गाउँपालिकाको ग्रे इलाकामा फेला परेको शव कस्को हो भनेर
पहिचान हुन नसकेको र बेवारिसे शव रसुवा जिल्ला अस्पतालमा राखिएको छ ।

करिब ३०–३५ वर्षीय ती पुरुष ओखलढुङ्गा, रामेछाप, सिन्धुली वा दोलखा क्षेत्रको हुनसक्ने सबैले अड्कलबाजी गरे पनि पहिचान हुन नसक्दा समस्या परेको बताइएको छ ।

रसुवामा जेठ १२ गतेका दिन दुई व्यक्ति निधन भएकामा अर्का एकजनाको गोसाइँकुण्डमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्