०६ असार २०८३, शनिबार

सिमेन्ट र क्रसर उद्योगद्वारा अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान

बैशाख २९, २०७८
सिमेन्ट र क्रसर उद्योगद्वारा अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान
प्रतिकात्मक तस्वीर

ह्वासिन सिमेन्ट उद्योग र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले धादिङ अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् ।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले धादिङ अस्पतालको अस्थायी कोभिड अस्पताललाई ४७ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।

फिर्ता गर्ने गरी अक्सिजन भरिएको सिलिण्डर उपलब्ध गराइएको महासचिव पुरुषोत्तम रेग्मीले बताए ।

धादिङ अस्पतालले सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालमा गम्भीर किसिमका कोरोना संक्रमित व्यक्ति बढेसँगै उपचारमा सहजताका लागि महासंघले अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो । अक्सिजन नियमित लगाउनुपर्ने बिरामी बढेको अवस्थामा यसले सहयोग पुर्‍याएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए ।

व्यवसायीहरूबाट अक्सिजन भरेर अस्पताललाई उपलब्ध गराएको महासंघका महासचिव रेग्मीले बताए । हरेक दिन कोरोना संक्रमितलाई अक्सिजन आवश्यक पर्ने भएकाले सामाजिक दायित्वअन्तर्गत बजारमा सिलिण्डर समेत नपाइने अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको हो ।

व्यवसायीसँग उठाएर ल्याइएको सिलिण्डर रिफिल र ढुवानी खर्च निर्माण व्यवसायी नारायणकुमार श्रेष्ठले व्यहोर्नुभएको छ ।

जिल्ला प्रसाशनको अनुरोधमा ह्वासिन सिमेन्ट उद्योगले १५ वटा अक्सिजन सिलिण्डर अस्थायी कोभिड अस्पताललाई उपलब्ध गराएको छ । सिमेन्ट उद्योगले निःशुल्क उपलब्ध गराएको थियो । यससँगै धादिङमा हाल १३० अक्सिजन सिलिण्डर रहेको छ ।

हरेक दिन २५–३० अक्सिजन सिलिण्डर बिरामीलाई प्रयोग गरिरहेको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्