१० साउन २०८३, आइतबार

आत्मसमर्पण नगर्ने घनश्याम भुसालको उद्घोष, एमाले विभाजन गर्न खोजेको आरोप

बैशाख २९, २०७८
आत्मसमर्पण नगर्ने घनश्याम भुसालको उद्घोष, एमाले विभाजन गर्न खोजेको आरोप
फाइल फोटो

नेकपा एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल समूहका प्रभावशाली नेता घनश्याम भुसालले आफूहरूले आत्मसमर्पण नगर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमार्फत धारणा सार्वजनिक गर्दै नेता भुसालले आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा आफूहरूलाई राम्रोसँग थाहा भएको उल्लेख गरेका हुन् ।

'विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ, तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ,' भुसालले फेसबूकमा लेखेका छन् ।

उनले हिजो प्रचण्डलाई गाली गर्नेहरूले नै आज माधव नेपाल र झलनाथ खनाललाई गाली गरेर एमालेलाई विभाजित गर्न खोजेको आरोप पनि लगाएका छन् ।

'हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ,' भुसालले लेखेका छन्, 'आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुन:स्थापित हुँदा दोस्रोपटक पनि असफल भएका शक्तिहरूले चुनावको नाममा फेरि प्रतिनिधि सभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन ।'

हेर्नुहोस्, भुसालले स्टाटस :

salt training

कमेन्ट गर्नुहोस्