३० जेठ २०८३, शनिबार

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिए शपथ

बैशाख २९, २०७८
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिए शपथ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट बुधवार साँझ नियुक्त मुख्यमन्त्री गुरुङले बुधवारै शपथ लिएका हुन् ।

प्रदेश प्रमुख पौडेलले १६८ (३) अनुरूप संसदमा ठूलो दलको हैसियतले नेकपा एमाले संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । 

यसअघि नेपाली कांग्रेससहित ४ दलको गठबन्धनले कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिनुपर्ने दाबी गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन बुझाएका थिए ।

राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले हस्ताक्षर नगरेका कारण उनको पक्षमा बहुमत पुगेको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्