२२ जेठ २०८३, शुक्रबार

कोरोना मृतकको अन्त्येष्टि आफन्तले २५ जनासम्म सहभागी भएर गर्न पाउने

बैशाख २९, २०७८
कोरोना मृतकको अन्त्येष्टि आफन्तले २५ जनासम्म सहभागी भएर गर्न पाउने

कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टि २५ जनासम्म सहभागी भएर आफन्तले परम्परा अनुसार गर्न पाइने जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै मृतकको अन्त्येष्टि गर्दा आफ्नो धर्म परम्परा र संस्कृति अनुसार सम्बन्धित परिवार वा समुदायले २५ जनाभन्दा बढी मलामी नहुने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नुपर्ने जनाएका छन् ।

आफन्तले अन्त्येष्टि गर्न सम्भव नभए नेपाली सेनाले शव व्यवस्थापन गर्ने विज्ञप्तिमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्