१२ असार २०८३, शुक्रबार

प्रहरीको सक्रियतामा ५ सय ४७ थान अक्सिजन सिलिन्डर संकलन

बैशाख २९, २०७८
प्रहरीको सक्रियतामा ५ सय ४७ थान अक्सिजन सिलिन्डर संकलन

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ५ सय ४७ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । ती मध्ये १ सय ८३ भरिएका र ३ सय ६४ खाली सिलिन्डर रहेको प्रहरीले जनाएको छ । संकलन गरिएका सिलिन्डरमध्ये ५ सय १२ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ । बाँकी रहेका ३५ अक्सिजन सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण गरिने छ । कतिपय खाली सिलिन्डरलाई भर्नका लागि डिपोमा समेत पठाइएको छ । 

आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्ति लगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्या अनुसार वितरण गरिएको प्रहरीका भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्