२५ जेठ २०८३, सोमबार

जसपाका शीर्ष नेताबीच छलफल, भोलि सरकारबारे निर्णय लिने !

बैशाख २९, २०७८
जसपाका शीर्ष नेताबीच छलफल, भोलि सरकारबारे निर्णय लिने !

जनता समाजवादी पार्टी (जसपा)ले बैकल्पिक सरकार गठनमा सहमति जुटाउन आज शीर्ष नेता वीच छलफल गरेको छ । 
ललितपुरको बालकुमारी स्थित पार्टी कार्यालयमा बुधबार भएको छलफलमा शीर्ष तहबाट बैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे विचारहरु आएको नेता बाबुराम भट्टराईले जानकारी दिए । 

लोकतान्त्रिक पार्टी भएकाले फरक फरक धारणा आउनु स्वभाविक भएको भन्दै उनले छलफल जारी भएकाले भोलि विहिबार सम्म पार्टीको एकीकृत धारण तय गरिने जानकारी दिए । बुधबारको अनौपचारिक छलफलमा आएका विचारहरुमाथि थप छलफल गरि राष्ट्रिय राजनीतिमा योगदान पुग्ने गरि एकीकृत निर्णय गरिने उनले बताए । 

उनले भने, “हाम्रो पार्टीको दुई खेमा होइन । फरक फरक विचारहरु छन् । यो स्वभाविक हो लोकतान्त्रिक पार्टीमा । संविधानको धारा ७६ को २ अनुसारको बैकल्पिक सरकार निर्माणका लागि दाबी पेश गर्ने भोली अन्तिम समय छ । त्यसकै निम्ति पार्टीका शिर्ष तहमा अनौपचारिक कुराकानी गरेको छु । छलफल जारी राख्छौ र  भोली सम्म्म एकीकृत विचार बनाउने प्रयासमा हामी छौ । विभिन्न विकल्पमा छलफल गरेर एकीकृत विचार बनाउने प्रयत्नरत छौ । अहिले निष्कर्षमा पुगिसकेका छैनौ । भोली सम्ममा निष्कर्षमा पुग्छौ । एउटै धारणा बनाउने र राष्ट्रिय राजनीतिमा योगदान गर्ने ढंगले हामी अगाडि बढिरहेका छौ । ”

प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि गत २७ गते राष्टपति विद्या देवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री चयनका लागि दलहरूलाई ३ दिनको समय दिएका थिए । सो समय भोलि सकिदै छ ।

salt training

कमेन्ट गर्नुहोस्