२६ असार २०८३, शुक्रबार

आजको मौसमः कतै बदली कतै वर्षाको सम्भावना

बैशाख ३०, २०७८
आजको मौसमः कतै बदली कतै वर्षाको सम्भावना

बिहीबार दिउँसो देशभर सामान्य बदली रहने र केही स्थानहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक एक स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

यस्तै राति प्रदेश १ सहित देशका पहाडी भूभागहरुमा सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहने छ। 

प्रदेश नं १ का साथै अन्य पहाडी भूभागका  थोरै  स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही  स्थानहरुमा भने भारी वर्षाको सम्भावना रहेको छ । 
हाल  पश्चिमी न्यून चापीय प्रणाली, दक्षिणपूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव मौसममा रहेको छ।
 

salt training

कमेन्ट गर्नुहोस्